२०८३ जेठ २७ , बुधबार

बझाङ केन्द्रविन्दु बनाएर भुकम्प, सुर्खेतमा पनि धक्का महशुस



सुर्खेत । बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सुर्खेत लगायतकर्णालीका अन्य जिल्ला र सुदूरपश्चिमका डोटी, कैलाली, अछाम, बाजुरालगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पपछि पुनः दिउँसो ३ः१४ मा पराकम्पन पनि गएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको छ।

प्रकाशित मिति : २०८० असोज १६ गते मंगलबार