सुर्खेत । डोल्पामा भरुवा बन्दुक र घरेलु हतियार सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काईके गाउँपालिका–४ रिवाबाट भरुवा बन्दुक १ थान, खुकुरी २ थान, बन्चरो १ थानसहित सोही ठाउँ बस्ने ५२ वर्षीय हरिलाल बिक समेत ४ जना पक्राउ परेका हुन् ।
प्रहरी चौकी माथिल्लो शहरताराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा उनीहरुले गोरूलाई घरेलु हतियार बन्चरो प्रहार गरी मार्न लागिरहेको अवस्थामा फेला पारी उक्त हतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २०८० असोज १६ गते मंगलबार