२०८३ वैशाख १२ , शनिबार

रुकुम पश्चिममा माओवादी रुपान्तरण अभियान : ३२ हजार जनातासँग भेटघाट

६३८ नयाँ पार्टी सदस्यता


सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले थालेको तीन महिने ‘जनतासँग विशेष रुपान्तरण अभियान’ अन्तर्गत माओवादीको आधार इलाका रुकुम पश्चिममा प्रभावकारी रुपमा संचालन भइरहेको निष्कर्ष निकालिएको छ । १६ भदौदेखि १५ असोजसम्मको एक महिने अवधिमै अभियान टोलीले प्रत्यक्ष रुपमा ३२ हजार जनासँग भेटघाट गरेको छ ।

 

९ हजार घरधुरीको उक्त जनसंख्यालाई भेटघाट गरी माओवादीले थालेको अभियान, यसको औचित्यका विषयमा जागरण पैदा गर्ने काम गरिएको माओवादीका जिल्ला संयोजक गोविन्द रोक्का ‘सचिन’ले जानकारी दिए । एक महिने समीक्षा अनुसार ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नारा लिएर जिल्लाका ७३ वटै वडामा कार्यक्रम सम्पन्न गरिएको छ । जसले जनतामा उत्साह थपिएको उनको भनाइ छ ।

 

यस अवधिमा पार्टीका २९५ वटा टोल कमिटी र ४५० वटा सेल कमिटीका बैठकहरु बसेका छन् भने ६३८ जना नयाँ पार्टी सदस्य थपिएको रोक्काले बताए । अभियानको क्रममा जिल्लाका विभिन्न स्थानमा जनसेवा तथा जनश्रमदानका ३४ वटा कार्यक्रमहरु सम्पन्न भएका छन् । जुन पार्टी केन्द्रको नीति पनि हो । अभियान अन्तर्गत टोलीले आठबिसकोट नगरपालिका–४ मा रिता कुमारी विक र सुनिता सुनारको हावा हुरीले छाना उडाइदिएको घर मर्मत गरिदिएको छ भने वडा नम्बर ३ मा घोरेटो बाटो मर्मत गरिएको छ ।

 

बाँफिकोटको छिनखेत, मुसिकोटको सेरिगाउँ लगायतमा सरसफाई कार्यक्रम गरिएको थियो भने सानीभेरी गाउँपालिका–५ मा साढे तीन किलोमिटर सडक मर्मत गरिएको छ । यस्तै सानीभेरी–११ मा खानेपानी योजना र सडक मर्मत गरिएको छ भने चौरजहारी–५ मा वडा कार्यालय जोड्ने सडकमा खसेको पहिरो हटाई यातायात सुरुचारु गर्ने काम पनि अभियान टोलीले गरेको छ ।

 

चौरजहारी–६ मै शान्तिबजार–घर्तीकाँडा गोरेटो बाटो मर्मत गरिएको छ भने चौरजहारी–८ मा ५०० मिटर पाइपलाईन खनेर पाइप गाडिएको छ । यस्तै बाँफिकोट–१ लागिममा घोरेटो बाटो मर्मत गरिएको छ भने विरे दमाईको भत्केको घर मर्मत गरिएको छ । यस्तै बाँफिकोट–६ मा चार वटा गोरेटो बाटाहरु मर्मत गरिएको रोक्काले बताए ।

 

‘यो अभियानले समर्थक जनता र कार्यकर्तामा उत्साह जगाएको छ,’ रोक्का भन्छन्,‘ जनताको सुःख दुःखमा नेता, कार्यकर्ताहरु सरिह हुँदा जनताको पनि पार्टीप्रति सकरात्मक प्रतिक्रिया आइरहेका छन् ।’ उनका अनुसार पार्टी रुपान्तरणको लागि सबै नेता, कार्यकर्ताहरुले कम्युनिष्ट आदर्श, आचरण अनुकुलको जीवन व्यवहार र कार्यशैली अपनाउनुपर्ने सुझाव जनताको छ । 

 

यस्तै आर्थिक पारदर्शिता कायम राख्ने प्रयोजनका लागि नेताहरुको सम्पत्ति विवरण प्रत्येक बर्ष सार्वजनिक गर्नुपर्ने, कतै अस्वभाविक सम्पत्ति देखिएमा त्यसलाई राज्यद्धारा छानविनको दायरामा ल्याउनुपर्ने, चुनावी प्रयोजनको लागि विभिन खाले राजनीतिक गठबन्धनको कारण पार्टी कमजोर हुँदै गएकोले आगामी दिनमा गठबनधन गर्न नहुने सुझवा माओवादी समर्थकहरुले दिएका छन् ।

यस्तै पार्टीको निर्णयबाट विभिन्न लाभको अवसर पाएका नेता, कार्यकर्ताहरुश्र पाटीसर््मा अरुभन्दा अझ बढी सक्रियताका साथ खटिनुपर्ने, स्थानीय सरकारले ठुला–ठुला विकास निर्माणका काम भन्दा स–साना कृषकमुखी र सेवामुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने सुझाव जनताको छ ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधबार