२०८३ वैशाख १३ , आइतबार

जिल्ला प्रशासन कार्यालय डाेल्पाबाट पहिलो पटक राष्ट्रिय परिचय पत्र वितरण



डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाले राष्ट्रिय परिचय पत्र बितरण थालेको छ । गत असोज १८ गते बिहिबार देखि जिल्ला प्रशासन कार्यालय डोल्पाले पहिलो पटक नागरिकलाइ राष्ट्रिय परिचय पत्र बितरण गरेको हो ।बिहिबार जिल्लाबाट अनलाईन फर्म भरेका नागरिकलाइ छापिएर  आएका राष्ट्रिय परिचय पत्र ४ जनालाई बितरण गरिएको छ ।

२०७७ साल मंसिर ८ गतेदेखी जिल्लाबाट अनलाईन फर्म भरेर राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभागमा बिवरण पठाएको करिब ३ बर्ष पछि राष्ट्रिय परिचय पत्रको डिजिटल कार्ड छापिएर जिल्ला प्रशासन कार्यालयमा आएका हुन । २०७७ साल यता हाल सम्म जिल्लाबाट मात्रै ६ हजारले अनलाईन फर्म भरि सकेका छन् । जसमध्ये ३ हजार ८ सय राष्ट्रिय परिचय पत्र छापेर जिल्लामा आई सकेको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले जानकारी दिए ।

प्रजिअ पोखरेल भने ‘३ हजार ८ सय राष्ट्रिय परिचय पत्र छापेर केन्द्रले पठाएको छ । जिल्लामा आई पुगेका राष्ट्रिय परिचय पत्र कम्प्युटरमा स्क्यान गरेर सम्बन्धीत ब्यक्तिको मोवाइल नम्बरमा एसएमएस आयो भने राष्ट्रिय परिचय पत्र लिनको लागि जिल्ला प्रशासन कार्यालय डोल्पामा आई आफ्नो राष्ट्रिय परिचयपत्रको डिजिटल कार्ड लिन आग्रह गर्दछु’ ।

राष्ट्रिय परिचय पत्र लिन नागरिक जिल्लामा स्वयम उपस्थित हुनुपर्नेछ । राष्ट्रिय परिचय पत्र लिदा पुन प्रमाणिकरणका लागि आफ्नो हातको औलाको स्क्यान गर्नुपर्ने अर्थात बायोमेट्रिक गर्नुपर्ने भएकोले सम्बन्धीत ब्यक्ति नै उपस्थित हुनुपर्ने जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

संघिय राजधानी पुगेर लाईनमा बसेर धेरै दुख गरेर ल्याउनुपर्ने राष्ट्रिय परिचय पत्र अब भने जिल्लाबाट लिन पाउदा निकै खुसी लागेको राष्ट्रिय परिचय पत्र लिन आएका सेवाग्राही डिलप्रसाद रोकायाले बताए । रोकायाले भने’ अब तपाइले काठमाण्डौ जानै पर्दैन राष्ट्रिय परिचय पत्र र राहदानी जस्ता कुरा जिल्लाबाट लिन पाउनु हुन्छ सरकारले यो सेवा प्रभाबकारी बनाएको छ । अब नागरिकले राहदानी पासपोर्ट र राष्ट्रिय परिचय पत्र जिल्लाबाट अनलाईन फर्म भरी जिल्लाबाटै लिन सक्ने ब्यवस्था भएको छ ।’

प्रकाशित मिति : २०८० असोज २० गते शनिबार