सिवाइसी लघुवित्तले मर्दा र सुत्केरी हुँदा पनि सहयोग गर्छ : प्रमुख शर्मा

खबरदृष्टि सम्वाददाता २४ आश्विन २०८०, बुधबार ०७:३४
सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख डोलेन्द्रप्रसाद शर्मा

सुर्खेत । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डोलेन्द्रप्रसाद शर्माले संस्थाका सदस्य महिलाहरु सुत्केरी भए संस्थाका कर्मचारी ३ हजार रकम लिएर घरमै जाने गरेकोे वताए । मंगलवार सुर्खेत वीरेन्द्रनगर आईपुगेका शर्माले खबरदृष्टिसँगको कुराकानीमा संस्थाले उक्त रकम अनुदानस्वरुप संस्थाका सदस्यहरुलाई दिने गरेको बताए ।

 

शर्माले संस्थाले सदस्यहरुका घरमा मृत्यु भएमा काजक्रिया खर्च वापत १२ हजार ५फसय रुपैयाँ किरियाखर्चसमेत अनुदानस्वरुप दिने गरेको उनको भनाइ छ । प्रमुख शर्माले सदस्यका छोराछोरीहरुको अध्ययनका लागि उच्च शिक्षा अध्ययनसम्म गर्न संस्थाले जिम्मेवारी लिने गरेको वताए। उनले यसका लागि ५ करोडको अक्षयकोष स्थापना गरेको जानकारी दिए।

 

संस्थाले पढाईबाट वञ्चित भएका सदस्यका आश्रिहरुका लागि स्थानीय सरकारसँग समन्वय गरेर पढाउने व्यवस्था गरेको उनले जानकारी दिए । सिवाइसी लघुबित्त संस्थाले सदस्य ऋणीको कर्जा लिएको समयमै मृत्यु भएमा कर्जा लिएको रकमसमेत फिर्ता हुने र बाँकी रहेको सम्पूर्ण कर्जा मिनाह गरिने जानकारी दिए।

 

सिवाइसीले सदस्यहरु बिरामी हुँदा र औषधि गर्नुपरेमा १५ हजार रकम समेत अनुदान दिने गरेको शर्माले जानकारी दिए। सदस्यहरुको सबै किसिमका विमा, बाढीपीडितहरुको लागि राहत तथा उद्धार लगायतका विभिन्न किसिमका सेवा तथा सुविधाहरु सँस्थासंग भएको बताए। सदस्यले चाहेको समयमा बचत गर्न र झिक्न सजिलोसंग पाउने गरि संस्थाले कार्यविधि बनाएको बताए ।

 

‘लद्युवित्तले ठगेको होइन्, धेरे नै राम्रो काम गरेको छ । हामीले स्थानीय स्तरमा भनेका छौँ, संस्थाले राम्रो गरेको छ भने हामीलाई काम गर्ने वातावरण मिलाईदिनुस, यदि त्यस्तो गरेका छैनन् भने हामीलाई काम गर्न सल्लाह दिनुहोस्, यद्धपि सल्लाह पनि मान्दैनन् भने हामीलाई यहाँबाट निस्कासन गरिदिनुस’ उनले भने ।

‘हामी स्थानीय स्तरमा सिमान्तकृत, विपन्न बेसहारालाई केही सहयोग गर्न आएका हौँ,’ उनले भने, ‘मैले ४० ठाउँमा वित्तिय साक्षरता कार्यक्रम गरे, जनप्रतिनिधि सबैले राम्रो रहेछ भन्नुभएको छ, तर पछिल्लोसमय राम्रोकाम गर्दागर्दै पनि विभिन्न काम गरेर संस्थाको बदनाम गरिएको छ । त्यो बदनाम पनि मिटरब्याजीले गरेका छन् ।

 

उनले कुनै पनि लद्युवित्तले सदस्यहरुलाई कर्जा दिएर अमानविय व्यवहार गरेको भएमा नेपाल राष्ट्र बैँकमा या गुनासो डेस्कमा राख्न अनुरोध गरे । उनले आफुहरु सदस्यमैत्री भएर काम गरिरहेको बताए । उनले सदस्यका गुनासोहरु आफुले बोकेरै हिड्ने गरेको जानकारी दिए । प्रमुख शर्माले कर्णालीका १० जिल्लामा यस संस्थाको १२ वटा शाखा भएको जानकारी दिए ।

 

साथै अझै ६ वटा शाखा थप्ने तयारीमा रहेको बताए । यस संस्थामा आकस्मिक कर्जाको व्यवस्थासमेत भएको हुँदा जुनसुकै समयमापनि करिब ३० हजार रकम पाउने गरेको बताए । यस संस्थामा महिला र पुरुष दुवै भएको उनको भनाइ छ । संस्थाले सदस्यहरुलाई दिएको रकमले व्यवसाय गर्दा गर्दै विपदबाट क्षति भएमा पुनः केही राहतस्वरुप उपहारसमेत दिने गरेको बताए ।

 

धेरैजसो वित्तिय संस्थाले बाटोमै भेटेर सदस्य बनाएको, संस्थाबारे केही पनि जानकारी नदिएको गुनासो आईरहेको भन्दै लद्युवित्त बारेमा गलत सूचना फैलिएको स्वीकार गरे। उनले राज्य पनि पछिल्लोसमय मुखदर्शक बनेर अराजकतालाई प्रसय दिएको आरोप लगाए । सिवाइसी वित्तीय संस्था पहिले एनजिओको रुपमा काम गरेकोमा पछि लघुवित्तमा परिणत भएको बताए ।

 

उनले भने, ’पहिले चारतारे युवा क्लब थियो । राष्ट्र बैँकबाट स्वीकृति लिएर वित्तीय मध्यस्तकर्ताको रुपमा यसले काम गर्याे। पछि राष्ट्र बैँकले नाफा लिएर काम गर्नुहुँदैन भनेपछि माईक्रोफाइनान्सिङ्गमा संस्था रुपान्तरण भयो। उनले संस्थाको केन्द्रीय कार्यालय बागलुङ हुँदै अहिले कास्कीको पोखरामा बताए । सिवाईसी लघुवित्तका शाखाहरु नेपालभर ७७ वटै जिल्लामा रहेको उनले जानकारी दिए।

 

धेरैजसो लघुवित्तले गरिरहेका अभद्र व्यवहारहरु लघुवित्तका मर्म धर्म नपरेको र यदी यस्तो कसैले गरेको छ भने उसले नबुझेर आफ्नो स्वार्थको लागि यस्तो गरेको उनको भनाइ छ। उनले भने, ’ हामीले हाम्रा सदस्यसँग औँला ठडाएर कुरा गर्न मिल्दैन, वादविवाद गरेर होइन् संवाद गरेर रकम असुली गर्नुपर्छ ।’ शर्माले भने, ’उनीहरुले के कारणले पैसा तिर्न सकेका छैनन्, उनीहरुका समस्या पनि राम्रोसँग बुझ्नुपर्छ ।

 

लघुवित्त भनेको सानो पुँजी विपन्न सिमान्तकृत महिला दिदीहरु तथा दाजुभाइहरुलाई समहुमा आवद्ध बनाई लघुवित्तको बारेमा राम्रोसँग बुझाएर तालिम अगाडि बढाउनु नै हो । आर्थिक रुपमा विपन्न भएकाहरुलाई आर्थिक रुपमा सक्षम र सवल बनाउनु नै यसको मुख्य उद्देश्य हो ।’ उनले स्थानीय बेरोजगारलाई रोजगार सिर्जना गर्नु र स्थानीय स्तरमा छरिएर रहेका पुँजीलाई एकिकृत गरेर सोही ठाउँमै लगानी गर्नु लघुवित्तको प्रमुख उद्देश्य रहेको दाबी गरे ।

Next Post

स्थानीय तहका कर्मचारी आन्दोलित : कतै पेनडाउन, कतै कामकाजमै व्यस्त

२४ आश्विन २०८०, बुधबार ०७:३४
सुर्खेत । देशैभर यतिबेला स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका छन् । संघीय निजामती विधेयक दर्ताको प्रक्रियामा रहेका बेला स्थानीय तहका कर्मचारीहरु बिभिन्न माग राखेर आन्दोलित भएका हुन् । उनीहरुको माग सम्बोधन गर्ने सरकारको आश्वास विधेयकमा आउनुपर्ने कर्मचारीहरुको अडान छ । सबै स्थानीय तहका कर्मचारीहरुको माग एउटै रहेपनि कतै आन्दोलित छन् […]
February 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
2425262728