कर्णाली पूर्णखोप प्रदेश घोषणा, कति बालबालिकाले लगाए खोप ?

खबरदृष्टि सम्वाददाता २६ आश्विन २०८०, शुक्रबार ०९:११

सुर्खेत । कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गरेका हुन् ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगीता मिश्रले भौगालिक अवस्थाले कठिन भए पनि पूर्ण खोपयुक्त बनाउन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताइन् ।

उनका अनुसार अहिलेसम्म ७२ जिल्ला र तीन प्रदेश पूर्णखोप घोषणा गरिएको छ । कर्णाली पूर्णखोप घोषणा हुने चौथो प्रदेश भएको छ । यहाँका दश जिल्लाका ३४ हजार ६७१ बालबालिका सबैले खोप लगाएपछि ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत निर्देशक डा। रविन खड्काले जानकारी दिए । उनले खोप लगाउन छुटेकालाई पनि खोजेर खोप लगाउन सुझाउने बताए ।

कर्णालीको दैलेख विसं २०७४, सुर्खेत २०७५, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यान २०७९ मा तथा डोल्पा र हुम्ला २०८० मा पूर्णखोप जिल्ला घोषणा गरिएको थियो । घोषणासभामा जिल्ला समन्वय समिति सुर्खेत र मुगुका प्रमुखद्वय गङ्गाराम सुनार र मन्जन कार्कीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

Next Post

कोशीको मुख्यमन्त्री आज टुंगो लाग्दै

२६ आश्विन २०८०, शुक्रबार ०९:११
कोशी। कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दैछ । कोशी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका बिद्रोही समूहका केदार कार्की दुवैले गरेको दावीमा आज टुंगो लाग्ने भएको हो ।  प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म भावी मुख्यमन्त्रीको […]

सम्बन्धित समाचार

July 2024
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031