काठमाडौँ । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। लुक्लाबाट ७:१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन-एएनजे’ कलसाइन भएको हेलिकप्टर शनिबार बिहान दुर्घटना भएको हो।
नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। हेलिकप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको उनले बताए।
दुर्घटनामा परी पाइलट प्रकाश कुमार सेडाइ घाइते भएका छन्। उनलाई उपचारका लागि फिस्टेल एयर नाइनएन एजेआर कलसाइनको हेलिकप्टरमा काठमाडौं पठाएको उनले बताए।
उनको अवस्था सामान्य रहेको भुलले जानकारी दिए। ‘मौसम ठिकै थियो। तर के कारण दुर्घटना भयो भन्ने बारे थप अनुसन्धान पछी थाहा हुन्छ’ उनले भने।
प्रकाशित मिति : २०८० असोज २७ गते शनिबार