२०८३ वैशाख १३ , आइतबार

पश्चिम जाजरकोट विकास समाजको सातौँ साधारण सभा सम्पन्न



सुर्खेत । पश्चिम जाजरकोट विकास समाज शिवालय गाउँपालिकाको सातौँ साधारण सभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न भएको छ । जिल्लाको शिवालय गाउँपालिका–३ मा संस्थाकी अध्यक्ष सङ्गीता पुनको सभाध्यक्षता र शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि एवम् शिवालय गाउँपालिका अध्यक्ष शाहीले संस्थाको साधारण सभाको शुभकामना दिँदै आफू सरकारको प्रमुखका रूपमा भएको हुँदा स्थानीय संस्थालाई सहयोगका रूपमा अगाडि बढाउँदै लैजाने प्रतिबद्धता जनाए । यस्तै गाउँपालिकाका उपाध्यक्ष गिता शाहीले यस संस्थाले गरेको कामले पछिल्लो समय समुदायस्तरमा निकै रूपान्तरणमा सहयोग पुगेको बताइन् ।

उनले पालिकाबाट यस संस्थालाई गर्नुपर्ने सहयोग गर्न तयार रहेको जानकारी दिइन् । यस्तै गाउँपालिकाका पूर्व अध्यक्ष नरेन्द्रकुमार शाहीले संस्थाले स्थानीय सरकारले गरेका कामको प्रभावकारी र पारदर्शिता बनाउनमा सहयोग गरेको बताए ।

कार्यक्रममा सहभागी भएका संस्थाका सदस्यहरूले संस्थामा बसेपछि आफ्नो जीवनमा परिवर्तन आएको र आफूले विभिन्न ठाउँमा नेतृत्व गर्ने बोली तथा बानीको विकास भएको बताएका थिए । उनीहरूले संस्थाले सञ्चालन गरेका विभिन्न क्रियाकलापबाट धेरै कुराहरू सिक्ने अवसर मिलेको भन्दै संस्थालाई धन्यवाद दिएका थिए ।

सोही कार्यक्रममा बोल्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले सामाजिक लेखा परीक्षण सुशासनको एक मेरुदण्ड भएको बताए । उनले यसको काम हाल पश्चिम जाजरकोट विकास समाजले गरेको हुँदा संस्थालाई धन्यवाद व्यक्त गरे ।

साधारण सभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रममा शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाही, उपाध्यक्ष गिता शाही, निवर्तमान अध्यक्ष नरेन्द्र कुमार शाही, निवर्तमान उपाध्यक्ष कुमारी थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेत, शिवालयमा सक्रिय रहेका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, शिवालय गाउँपालिकाका वडा अध्यक्षहरू, विभिन्न शाखाका शाखा प्रमुख, इलाका प्रहरी कार्यालय प्रमुख, विद्यालयका शिक्षक लगायत संस्थामा आबद्ध रहेका अन्य समूहका सदस्यहरू सहभागी भएका थिए । उक्त कार्यक्रमको सञ्चालन संस्थाका कार्यक्रम व्यवस्थापक राम प्रसाद जैसीले गरेका थिए ।

तस्बिरहरु हेर्नुहोस् –

May be an image of 4 people, flute, temple and textMay be an image of 4 people, temple, dais and textMay be an image of 8 people and people dancingMay be an image of 5 people, people studying and textMay be an image of 1 personMay be an image of 6 people, dais and textMay be an image of 3 people, flute, temple and text

प्रकाशित मिति : २०८० असोज २९ गते सोमबार