२०८३ वैशाख १३ , आइतबार

लागुऔषधसहित जाजरकोटका दुई जना पक्राउ



सुर्खेत । सुर्खेतबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका वडा नं.७ का २१ वर्षीय महेन्द्र वली र बारेकोट गाउँपालिका वडा नं. ९ का २५ वर्षीय कमल गौतम रहेका छन् ।

उनीहरुलाई सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर–५ बबईस्थित प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २.३२० ग्राम लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पर्दाथ बरामद गरिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए । पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १ गते बुधबार