सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–५ बाट पाँच बोरा चिनी बरामद गरिएको छ । विद्युत कार्यालय नजिकै रहेको भित्री सडकखण्ड अन्तर्गत सडक छेउमा बेवारिसे अवस्थामा रहेको ५ बोरा चिनी बरामद भएको हो ।
इलाका प्रहरी कार्यालय बाँबियाचौरका अनुसार चिनीको तौल अन्दाजी २५० किलो रहेको छ । उक्त चिनी ईलाका प्रहरी कार्यालय बाबियाचौरमा राखिएको छ ।
प्रकाशित मिति : २०८० कात्तिक २ गते बिहीबार