सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्ग पोखरेलले द्वन्द्व प्रभावितको समस्या समाधान गर्न सरकार तयार भएको बताएका छन् । मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतले आयोजना गरेको महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् प्रस्तावना १३२५ र १८२० को दोस्रो राष्ट्रिय कार्य योजना सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन ।
द्वन्द्वको समयमा प्रभावित भएका मानिसको रक्षा गर्नका लागि समिति गठन गरी पीडितलाई न्याय दिने मन्त्रीले बताएका छन्।मन्त्री पोखरेलले महिला शान्ति र सुरक्षा सम्बन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन । पीडित महिलाको सुरक्षाका लागि सरकारको पक्षबाट दिन सक्ने सबै खालको सुरक्षा दिने बताएका छन् ।
प्रथम कार्य योजना र दोस्रो कार्य योजना अनुसार महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षाको प्रस्ताव न. १३२५ र १८२० का आधारमा दिगो शान्ति कार्यान्वयन गर्न र द्वन्द्व रोकथाम तथा निवारण गर्नका लागि १३२५ र १८२० तयार पारेको मानव अधिकार रक्षक सञ्जालका प्रदेश संयोजक पीताम्बर ढकालले बताएका छन् ।
एकल महिला र द्वन्द्व प्रभावितको समस्या समाधान गर्न यो साझा एजेन्डा प्रस्ताव राखेको बताएका छन् । ‘द्वन्द्व प्रभावित,घाइते अपागंलाई राहत परिपूरण गर्न र महिला माथि भएका हिंसालाई सम्बोधन गरी आत्मसम्मान हुने गरी जिविको पार्जन गर्न सिपमूलक तालिम, मनोपरामर्श र सामाजिक पुर्न स्थापना, अल्पकालीन,दीर्घकालीन राहतकालिन र परिवारका कम्तीमा एक सदस्यका लागि सरकारद्वारा रोजगारीको व्यवस्था गर्न यो एजेन्डा तयार पारिएको उनले बताएका छन् ।
‘साथै प्रभावितका लागि कानुनी सहायता र निःशुल्क कानुनी सेवाको व्यवस्था पनि गर्नुपर्ने बताएका छन् । महिला तथा बालिकाको सुरक्षा र सहभागिता प्रत्याभूति गर्न निर्णय प्रक्रियामा भूमिका आर्थिक राहत, औषधोपचार, सीपमूलक तालिम, स्वरोजगार, क्षमता विकास, पुनःथापना गर्न अल्पकालीन र दीर्घकालीन राहतका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।
क्षमता विकासका साथै स्रोत व्यवस्थापन अनुगमन तथा मुल्याकंन कार्यनीतिलाई संरक्षण गर्ने,समेत जानकारी दिए । दिगो शान्ति तथा विकास प्रक्रियामा लैगिक समानता एवं समावेशीकरणलाई मूल प्रवाहीकरण गर्ने समेत जानकारी दिए ।
सुनिश्चितताका लागि संस्थागत शुद्धीकरण गर्ने महिलाहरूको सहभागिताको पहिचान गरी आवश्यकताअनुसार स्वास्थ्य सेवा, शिक्षा, जीविकोपार्जन तथा आर्थिक कार्यान्वयन गर्ने जस्ता कुरालाई कार्य योजनामा समेटिएको समेत जानकारी दिए ।
यस्तै कार्यक्रममा राष्ट्रिय आयोगका प्रमुख लोकनाथ बास्तोला, आवाज संस्थाको कार्यकारी निर्देशन पवित्रा शाही, वडा नम्बर १ का अध्यक्ष दिनेश खत्री लगायत ४५ जनाको सहभागिता रहेको महिला एकल महिला समूहकी सुर्खेत जिल्ला अध्यक्ष ममता नगालले जानकारी दिइन ।