२०८३ वैशाख १३ , आइतबार

शिवालयका ५६ जना कृषकहरुलाई मोबाइल एप्स तालिम



 

सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिकाका कृषकहरुलाई मोबाइल एप्स सम्बन्धी तालिम दिइएको छ । शिवालय गाउँपालिकाको समन्वय र सहयोगि हातहरुको समुह सहास नेपाल पाइला परियोजनाको आयोजनामा उक्त तालिम दिइएको हो ।

जलवायु परिवर्तन विपद र कृषिको चपेटामा जुधिरहेका शिवालयका कृषकहरुलाई पहिलो पटक दुईदिने तालिम तीन चरण गरेर दिइएको संस्थाका कृषि प्राविधिक योगेन्द्र सिंहले जानकारी दिए । उनकाअनुसार तालिमले शिवालयका कृषकहरुलाई मोवाइलबाट कृषि सम्बन्धि एप्सहरु प्रयोग गरेर खेति प्रविधि, बालीमा लाग्ने रोग किरा नियन्त्रण, पशुबस्तुमा लाग्ने रोग नियन्त्रण र बिभिन्न बाली लगाउने समय र तरिकाको बारेमा शिवालयका ५६ जना कृषकहरुले जानकारी पाएका छन् ।

कृषकहरुका लागि घरमै बसेर बिभिन्न सुचना तथा कृषकका समस्याहरुको समाधान हुने भएकाले पनि कृषकहरु मोबाइल एप्समा आकर्षित हुन थालेको उनको भनाइ छ । तालिममा सहभागि सिता खड्काले अहिलेको जलवायु परिवर्तन र मौसम परिवर्तनले गर्दा किसानको बाली नाली भित्रयाउनेदेखि बारीमा लगाउने बालीलाइ समेत नोक्सान पुर्याएको बताइन् ।

कृषकहरुले मोबाइलबाटै मौसमबारेमा पुर्व जानकारी थाहा पाउनुका साथै आफ्नो बालिनालिलाइ पनि जोगाउन सकिने कुरा आफूले तालिम बाट जानकारी पाएको बताइन् । तालिमकाे क्रममा जियाे कृषि, कृषि गुरु लगायत कृषकका लागि अन्य उपयोगि एप्स र माैषमकाे पुर्व जानकारी कसरी लिने भन्ने बारेमा प्रशिक्षण दिइएको थियो ।

सहास नेपालले शिवालयमा जलवायुमैत्री कृषि प्रविधिकाे सहयाेग साथै सीप र क्षमता बिकासमा सहयाेग गर्दै आइरहेकाे छ ।

प्रकाशित मिति : २०८० कात्तिक १२ गते आइतबार