जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको एकै वडामा भूकम्पमा परेर २० जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका वडा नम्बर १ को सिउरी भन्ने स्थानमा १२ जना, कल्पतमा ५ जना र पाली भन्ने स्थानमा ३ जनाको मृत्यु भएको हो ।
वडा नम्बर -१ का वडाध्यक्ष धन बहादुर महरका अनुसार सबै घरहरू ध्वस्त भएको र सुख्खा पहिरोको कारण बाटो अवरुद्ध भएको छ । उनले भने ‘ सुख्खा पहिरो गएको छ, जसले गर्दा उद्धारमा कठिनाइ भइरहेको छ । घाइतेहरूको उपचार समेत हुन सकेको छैन ।’
प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार