२०८३ वैशाख १३ , आइतबार

सुप्रिया शाहीको पहलमा गायक सुरेश लामाले गरे राहत सामाग्री वितरण



सुर्खेत । जाजरकोटमा भूकम्पबाट प्रभावितलाई राहत सामाग्री वितरण गर्ने क्रम जारी रहेको छ । यसै क्रममा नेपाली गायक सुरेश लामाले पनि जाजरकोटको कुशे गाउँपालिका–७ धनराशिमा रहेका भुकम्पपिडितहरुलाई राहत सामाग्री सहयोग गरेका छन् ।

उनले बिहीवार व्यक्तिगत खर्चबाट जाजरकोटको कुशे गाउँपालिकाकी सामाजीक अभियन्ता सुप्रिया शाहीको पहलमा करिब ९५ घरधुरीका भुकम्पपिडितलाई राहत सामाग्री वितरण गरेका हुन् ।

उनले खाद्यान्य सामाग्री दाल, चामल, नुन, तेल लगायत १५ जना सुत्केरीलाई लगाउने न्यानो कपडा, बालबच्चालाई लगाउने न्यानो कपडासमेत सहयोग गरेको सामाजिक अभियन्ता शाहीले जानकारी दिइन् ।

उनले कुशे गाउँपालिकाको सोही वडामै पुगेर करिब २० लाख बराबरको सामाग्री वितरण गरेका हुन् । उक्त वडामा भुकम्पबाट करिब ७ जनाको मृत्यृ भएको थियो ।

No description available.No description available.No description available.No description available.No description available.

प्रकाशित मिति : २०८० मंसिर ८ गते शुक्रबार