२०८३ वैशाख १३ , आइतबार

सल्यानमा बस दुर्घटना : ६ जना घाइते



सुर्खेत । सल्यानमा गुडिरहेको बस भित्तामा ठोक्किदा ६ जना घाइते भएका छन् । शुक्रबार राप्ती राजमार्गअन्तर्गत सल्यान शारदा नगरपालिका–६ भट्टाचौरमा दाङ तुलसीपुरबाट सल्यान दार्मा जाँदै गरेको ना ४ ख ३९९६ नम्बरको बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा सल्यान कुमाख गाउँपालिका-७ जिमालीका २५ वर्षीय सहचालक लालबहादुर शाही, बागचौर नगरपालिका-२ का १० वर्षीय सुसान्त केसी, ५५ वर्षीया सावित्रा ओली, ७८ वर्षीया झुपा केसी, दाङ बबई गाउँपालिका-७ का ३८ वर्षीय कुशल डाँगी र बाँके राप्ती सोनारी गाउँपालिका-३ की ५० वर्षीया डिला खड्का घाइते भएका छन् ।

घाइतेमध्ये सहचालक शाहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए । घाइतेको श्रीनगरस्थित मेट्रो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ ।

प्रकाशित मिति : २०८० मंसिर ८ गते शुक्रबार