
सुर्खेत । वर्डफ्लुसम्वन्धि सरोकारवालाहरुसंग १ दिने अन्तर्किया कार्यक्रम वीरेन्द्रनगरमा सुरु भएको छ । अन्तर्किया कार्यक्रमलाई आइतवार पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पंगेनीले उद्घाटन गरेका छन् ।
सुर्खेतका विभिन्न गाउँ र नगरपालिकामा कुखुरापालन गरिरहेका किसानहरुका लागि वर्डफ्लु रोग कसरी सर्छ र यसवाट मानिसलाई के कस्ता हानि–नोक्सानी हुनसक्छ भन्ने बारेमा जानकारी दिईनेछ ।वर्डफ्लुले महामारीको रुप नलिएपनि कुनैपनि वेला यसले महामारीको रुप लिनसक्ने भएकोले सावधानी जरुरी भएको पशु चिकित्सक एवम् कार्यपत्र प्रस्तोता डा. सोविना मल्लले जानकारी दिईन् ।
बर्डफ्लु रोग हाँस, बकुल्लालगायतका दिसाबाट पन्छीहरुवाट सर्नेसक्ने र संक्रमण भएको १ ग्राम दिसाबाट १० हजार चराचुरुङ्गीमा रोग सार्नसक्ने मल्लले जानकारी दिईन् । उनले बर्डफ्लु संक्रमित क्षेत्रमा रहेका सबै पन्छीहरुलाई नष्ट गर्नुपर्ने मल्लले बताए। निर्देशक पंगेनीले कुखुरापालन गर्दा आउने समस्या, अपनाउनु पर्ने सावधानी र जैविक सुरक्षाका वारेमा जानकारी दिनेछन् ।