२०८३ वैशाख १३ , आइतबार

चामुन्डा बिन्द्रासैनी नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी



सुर्खेत । दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को १३ औं राष्ट्रपति रनिङ शिल्ड र नगर प्रमुख कपको खाना तथा अन्य खर्च बापतको रकम भुक्तानी नदिएको भन्दै व्यवसायीले शिक्षा शाखामा तालाबन्दी गरेका हुन् ।

कार्यक्रममा खर्च भएको रकममध्ये भुक्तानी भएको करिब ८ लाख नगर खेलकुदको खातामा असारमै रकम गएपनि विविध समस्या देखाएर रकम भुक्तानी गरिएको छैन । खेलकुद आयोजकले पेश गरेको बिल भरपाई अनुसार नै भुक्तानी गर्ने हो भने अझै १० लाख ४५ हजारभन्दा बढी रकम भुक्तानी अन्योल बनेको छ ।

यता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम बहादुर रावतले आफु जिल्ला प्रशासन कार्यालयमा भएकाले शाखामा तालाबन्दी गरिएको भन्ने कुरा थाहा नभएको बताए ।

प्रकाशित मिति : २०८० मंसिर १० गते आइतबार