२०८३ वैशाख १४ , सोमबार

भन्सार छली गरेर ल्याइएको २२ बोरा चिनी बरामद



सुर्खेत । सुर्खेत भेरिगंगा नगरपालिका वडा नं १० तोलिखोला स्थित नेपालगञ्ज-सुर्खेत सडक खण्डमा भन्सार छली गरेर ल्याइएको २२ बोरा चिनी प्रहरीले बरामद गरेको छ ।

प्रहरी सहायक निरीक्षक खगिराम सारुको कमाण्डमा खटिएको प्रहरी टोलीले बिल भर्पाइ नभएको भन्सार छली चोरी पैठारी गरी चामलको बोरामा ल्याइएको २२ बोरा अवैध चिनी बरामद गरी आवश्यक कानूनी प्रक्रियाका लागी नेपालगञ्ज भन्सार कार्यालय, बाँकेमा पठाएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० मंसिर १४ गते बिहीबार