२०८३ वैशाख १४ , सोमबार

शिवालयका सबै वडा कार्यालय शनिवार पनि खुल्ने



सुर्खेत । जाजरकाेटकाे शिवालय गाउँपालिकाका ९ वटै वडाहरु शनिवार पनि खुल्ला रहने भएका छन् । गाउँपालिकाले शुक्रवार एक सुचना जारी गर्दै पालिकाअन्तरगतका सबै वडाहरु खुल्ला रहने जानकारी दिएको हो ।

भुकम्पबाट प्रभावित लाभग्राहीको लागि अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८० को फारम भर्ने तथा तथ्याङ्गक लगत राख्ने भएकाले पालिकाअन्तरगतका सबै वडाहरु शनिवार पनि खुल्ला रहने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले जानकारी दिए ।

उनकाअनुसार शनिवार पंश्चातका अन्य सार्वजनिक विदाको दिनमा पनि वडा कार्यालयहरु खुल्ला रहने छन् । साथै भुकम्प प्रभावित तथा लाभग्राहीलाई फारम भर्ने/भराउने तथा लगत राखि सेवा दिन उनले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधिहरुलाई अनुरोध गरेका छन् ।

May be an image of text

प्रकाशित मिति : २०८० मंसिर १५ गते शुक्रबार