सुर्खेत । सुर्खेत भेरीगंगा नगरपालिका वडा नं १० तोलिखोलास्थित नेपालगञ्ज-सुर्खेत सडकखण्डबाट भन्सार छली गरेर ल्याइएको झण्डै दुई लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज-सुर्खेत सडकखण्डबाट कुनै बिल भर्पाइ नभएको भन्सार छली गरी ल्याइएको १८ बोरा अवैध चिनी, ७९ पिस कुर्ता सुरुवालको काँचो कपडा र २५ पिस रेडिमेड कुर्ता सुरुवाल गरी अन्दाजी १ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
बरामद गरिएको सामान आवश्यक कानूनी प्रक्रियाका लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा पठाइएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० मंसिर १७ गते आइतबार