
सुर्खेत । प्रेमिले धोका दिएको भन्दै एक किशोरीले आत्महत्या गरेकि छन। सल्यानको बागचौर नगरपालिका –१० भाट्भिटे घर्तिगाउ घर भई हाल छत्रेश्वरी गाउँपालिका –२ डिग्रे दिदीको घरमा बस्दै आएकि १६ बर्षिय रिता घर्ती आइतबार बिहान आफ्नो फेसबूक मार्फत आफुले यो संसार छोडेको भन्दै आफ्नी दिदि र प्रेमिलाई सम्बोधन गरेर आत्महत्या गरेकि हुन्।
उनले आफ्नो प्रेमि नाम नखुलाएर सम्बोधन गर्दै भनेकि छन – ञप्रिय मायालु तिम्रो बारेमा लेख्न मन थिएन तर मनले मानेन मलाई रुवाय जसरी अरुलाई नरुवाउनु, मलाई खेलौना सम्झिए झै सबै केटिलाई खेलौना नसम्झिनु, सधैं खुशी हुनु, तिमिले त मलाई छोडेर गयौं तर मैले भुल्न त मरेरै जानुपर्छ, त्यसैले म कहिले नफर्कने गरि गएझ उनले लेखेकि छिन।
उनले फेबुकमा दिदिलाई पनि लेखेकि छन्- ञप्रेम अन्धो हुदोरहेछ दिदी म अन्धी भय नत म बाचेर उसलाई पाउछु। नत रोयर उसले त मलाई भुल्छ। तर म भुल्नको लागि म मरेरै जानुपर्छ, म गतल होइन समय गलत हो, बाबुको राम्रोसँग हेरचाह गर्नु, मलाई बुझिदिनु, मलाई माफ गरिदिनु दिदि भन्दै उनले भावुक स्टाटस लेखेकि छन्।
उनको फेसबुक गतिविधि हेर्दा पनि उनी केही महिना यता प्रेमकै कारण धेरै पिडामा रहेको देखिन्छ। केही महिना अघि उनले फेसबुकमै ञमलाई त्यो ठाउँ जान मन छ त्यहाँबाट फर्किन नमिलोसझ भन्ने भावुक स्टाटस पनि लेखेकि छिन ।