२०८३ वैशाख १४ , सोमबार

ओलीले गरे दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन



सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन गरेका छन् । एमालेले सुरु गरेको मेची महाकाली पदयात्राको क्रममा अध्यक्ष ओलीसहितका एमाले नेताहरु आज बिहान दुल्लु पुगेका हुन् ।

अध्यक्ष ओलीले दुल्लु भैरवी १ स्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरीे त्यस सम्बन्धी आवश्यक जानकारी लिएका छन् । अध्यक्ष ओलीले श्रीस्थान मन्दिरको पनि दर्शन गरेका छन् । एमालेले सुरु गरेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ ।

जनसभामा अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी अध्यक्ष ओलीले दैलेखको गुराँस गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०८० मंसिर १८ गते सोमबार