रुकुम पश्चिम । रुकुम पश्चिममा नगर बस र बोलेर जीप एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन् । चौरजहारीबाट आउँदै गरेको नगरबस र खलंगाबाट जाँदै गरेको बोलेरो जीप मुसिकोट नगरपालिका सेरिगाउँमा एकआपसमा ठोक्किदा एक जना घाइते भएका हुन् ।
घाइते हुनेमा मुसिकोट नगरपालिका १ सल्लेकी कमला थापा रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । उनकोे टाउँकोमा चोट लागेको र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८० मंसिर १८ गते सोमबार