सुर्खेत । सल्यानको सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गएराति अन्दाजी ४५ वर्षका डम्मर सार्कीले आफ्नी श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुधवार बिहान डम्मर आफैले श्रीमतीको हत्या गरेको भन्दै प्रहरी कार्यालय पुगेको प्रहरी जवान दिलबहादुर महताराले खबरदृष्टिलाई जानकारी दिए । ‘हिजो राति डम्मरले श्रीमतीको हत्या गर्नुभएछ, हत्या गरिसकेपछि आज बिहानै हाम्रो कार्यालयमा गएर मैले श्रीमतीको हत्या गरेको छु भन्नुभयो, जवान महताराले खबरदृष्टिसँग भने ।
‘हामीले उहाँलाई नियन्त्रणमा लिएका छौै, अहिले जिप्रकाबाट प्रहरीको टोली घटनास्थलमा आएर अनुसन्धान गरिरहेको छ,’ मृतक सितलीको टाउँकोमा घाउ देखिएको छ,’ हत्या के कारणले गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।