२०८३ वैशाख १४ , सोमबार

स्यार्पु साना जलविद्युत आयोजनाको पावर हाउसको शिलान्यास



रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नं. ३ सिममा श्री स्यार्पू पावर कम्पनीद्वारा निर्माण शुरु गरिएको स्यार्पु साना जलविद्युत आयोजना  (३.३ मेघाहर्ज) को पावर हाउसको शिलान्यास गरिएको छ । पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पावर हाउसको शिलान्यास गरेका छन ।

एक वर्षभित्र काम सक्ने गरी दुई वटा कम्पनीले ठेक्का लिएको कम्पनीले जनाएको छ । ६८ करोडमा सापरा कन्स्ट्रक्सन र जापानको कम्पनीले ठेक्का लिएको स्यार्पु पावर कम्पनीक अध्यक्ष धनबिर ओलीले बताए ।

शिलान्यास कार्यक्रममा पूर्वमन्त्री शर्मा, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, कर्णाली प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी नमराज भट्टराई, बाँफिकोट गाउँपालिका पूर्वअध्यक्ष धर्मबहादुर केसी, ६ वटा स्थानीय तहका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० मंसिर २५ गते सोमबार