२०८३ वैशाख १४ , सोमबार

वीरेन्द्रनगरमा यातायात व्यवसायी र युवाहरुबिच लफडा : दुईजना घाइते



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा यातायात व्यवसायी र युवाहरुबिच झडप भएको छ । बिहीवार अपराह्न ४ बजेको समयमा वीरेन्द्रनगर नगरपालिकाको रंगशाला नजिकै यातायात व्यवसायी र दुईजना युवाहरुबिच झडप भएको हो ।

झडप हुँदा दुईजना युवाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते हुनेहरुमा जाजरकोटको कुशे गाउँपालिका–८ बस्ने वर्ष १८ का आनन्द सिँह र सोही ठाउँ बस्ने वर्ष १८ का नविन शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्ण खड्काले खबरदृष्टिलाई जानकारी दिए ।

उनकाअनुसार घाइते युवाहरुले मापसे गरिएको बुझिएको छ । ‘अहिलेसम्म झडप किन भएको हो केही पत्ता लागेको छैन्, हामीले अनुसन्धान गरिरहेका छौ, ति दुईजना युवाहरुले मापसे गरेजस्तो देखिएको छ, अहिले उपचार र मापसे जाँच गर्नको लागि अस्पताल पठाएका छौँ । ’ प्रहरी निरीक्षक खड्काले भने,

‘झडप केही समय अगाडि भएको हो, हामी घटनास्थलमा गएको बेला अरुले यातायात व्यवसायीसँग झगडा भएकाे भन्दै हुनुहुन्थ्यो । तर, को सँग भएको हो आधिकारिक खुलेको छैन्।’ उनीहरुलाई हाल उपचारको लागि प्रदेश अस्पताल कालागाउँ पठाइएको छ । झडप के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । घाइतेहरुको अवस्था भने सामान्य रहेको छ ।

प्रकाशित मिति : २०८० मंसिर २८ गते बिहीबार