२०८३ वैशाख १४ , सोमबार

गैसस महासंघ कर्णालीको अध्यक्षमा केसी सर्वसम्मत चयन



सुर्खेत । गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशको अध्यक्षमा सुर्खेतका घनश्याम केसी सर्वसम्मत चयन भएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको अधिवेशनले केसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।

नवगठित कमिटीको उपाध्यक्षमा कालिकोटका वीरेन्द्रबहादुर बुढा, सचिवमा डोल्पाका रणबहादुर कार्की, कोषाध्यक्षमा दैलेखका चन्द्रप्रकाश शर्मा र उपसचिवमा सल्यानका राधा सुनार चयन भएका छन्।

सदस्यहरुमा खिमा डाँगी रुकुम पश्चिम, वीरबहादुर बस्नेत जाजरकोट,खड्ग परियार रुकुम पश्चिम, रमेश एैडी हुम्ला, पहलमान रोकाय मुगु, मनकला भण्डारी कालिकोट चयन भएको गैरसरकारी संस्था महासंघका सचिव दिपेन्द्र डिसीले जानकारी दिए।

डिसीले नयाँ समितिलाई सपथसमेत खुवाएका थिए। यसअघि शुक्रबार कर्णाली प्रदेश अधिवेशनको उद्घाटनमा महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, महासचिव अर्जुन भट्टराई, निवर्तमान अध्यक्ष जिताराम लामा, केन्द्रीय कोषाध्यक्ष नानीमाया थापा र गैरसरकारी संस्था महासंघ कर्णालीका पूर्व अध्यक्ष हरि अधिकारीले गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेश अधिवेशनको सफलताको शुभकामना दिएका थिए।

प्रकाशित मिति : २०८० पुस १ गते आइतबार