
सुर्खेत । सुर्खेतको भेरीगंगामा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । सोमबार भेरिगंगा नगरपालिका–१३ बालमन्दिर चौरमा सामुदायिक कृषि प्रसार सेवा केन्द्रको आयोजना र कृषि क्षेत्र विकास कार्यक्रम भेरीगंगाको आर्थिक सहयोगमा उक्त शिवर सम्पन्न भएको हो ।
पशु विकास अधिकृत भोजप्रसाद चपाईका अनुसार शिविरबाट भेरीगंगा नगरपालिकाका भैसी, बाख्रा, कुकुर र पंन्छीलगायतका जनावरलाई खोप र आवश्यक औषधी समेत वितरण गरिएको छ । उनले भेरीगंगाका ८ सय ५ भेडाबाख्रा, २ सय १८ गाईभैसी, ५ सय २२ पंन्छी र २२ वटा कुकुरमा रेबिज विरुद्वको खोप लगाइएको जानकारी दिए ।
प्रकाशित मिति : २०८० पुस २ गते सोमबार