
फाइल तस्बिर
सुर्खेत । सुर्खेतमा मोटरसाइकलबाट पेट्रोल चोरी गर्न खोज्दा आगलागी भएको छ । भेरीगंगा नगरपालिका–४ हर्रे बस्ने २८ वर्षीय क्षितिज श्रेष्ठको भे १० प ८६०८ नम्बरको मोटरसाइकलबाट मंगलबार बिहान पेट्रोल चोरी गर्न खोज्दा आगलागी भएको हो ।
आगलागीबाट मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । श्रेष्ठको आफ्नै घर बाहिर पार्किङ गरी राखेको मोटरसाइकलबाट सोही ठाउँ दुई जनाले पाईपबाट पेट्रोल चोरी गरी पुनः जोड्न लाइटर बालेर पाइप तताउने क्रममा मोटरसाइकलमा आगलागी भएको प्रहरीको भनाइ छ ।
ति दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भएरहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए ।
प्रकाशित मिति : २०८० पुस ३ गते मंगलबार