सुर्खेत । सल्यानमा भाउजूलाई बलात्कार गरेको आरोपमा देवर पक्राउ परेका छन् । बलात्कार गरेको जाहेरीपछि जिल्लाको छत्रेश्वरी गाउँपालिका–१ का पानीखोलाका ३९ वर्षीय पुरुष पक्राउ परेका हुन् ।
पक्राउ परेका पुरुषलाई इलाका प्रहरी कार्यालय लुहाममा राखेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय लुहामका प्रहरी निरीक्षक रेशमलाल पौडेलले जानकारी दिए ।
उनले ४० वर्षीया भाउजूलाई बलात्कार गरेको आरोप रहेको छ । उनीहरु एउटै घरका देवर भाउजु रहेकोले उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।
प्रकाशित मिति : २०८० पुस ३ गते मंगलबार