२०८३ वैशाख ३० , बुधबार

विष्ट कमिटीमा नपरेको भन्दै माओवादीमा चर्काे असन्तुष्टि



भदौं ८, सुर्खेत

नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीका पदाधिकारीहरुको टुंगो लगाएपछि माओवादी केन्द्रमा व्यापक असन्तुष्टि देखिएको छ ।
सुर्खेतका नरवहादुर विष्टलाई पार्टीले कर्णाली प्रदेश कमिटी वनाउँदा कुनैपनि स्थान नदिएको भन्दै सुर्खेतका युवाहरु आक्रोशित भएका छन् ।

’सुर्खेतलाई जहिले पनि हेप्ने काम भएको छ । रुकुम, कालिकोट र सल्यानलाई मात्रै कर्णाली प्रदेश ठान्ने नेतृत्वले दुख गरेका र सिनियर नेताको अपमान गरेका छन् ,’ योङ्ग कम्युनिष्ट लिग सुर्खेतका अध्यक्ष पदम बनले भने । माओवादी नेतृत्वले त्याग, तपस्या गरेका क्षमतावान नेतालाई पाखा लगाएको भन्दै अध्यक्ष वनले अब नेताहरूलाई सुर्खेत प्रवेशमा रोक लगाउनेसम्मको अभियान सुरु गर्ने चेतावनी दिए ।

जहिलेपनि सुर्खेत, दैलेखका नेताहरुलाई नेतृत्वमा जानवाट वन्चित गरिएकाले यी जिल्लामा माओवादी कमजोर वन्दै गएको वनले प्रतिकृया दिए । उनले गठित कमिटी हेरफेर नगरे आफुहरुको माओवादी पार्टी छोड्नेसम्मको आन्दोलन हुने वताए ।

नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जमा जाजरकोटका शक्तिबहादुर बस्नेत, सह इन्चार्जमा कालिकोटका महेन्द्रबहादुर शाही, जाजरकोटका कालिबहादुर मल्ल र सल्यानका टेकबहादुर बस्नेतलाई मनोनयन गरेको छ । प्रदेश अध्यक्षमा रुकुम पश्चिमका राजकुमार शर्मा र सचिवमा जाजरकोटकै रामदिप आचार्य चयन भएपछि माओवादीमा गम्भीर विवाद देखिएको हो ।

कर्णाली प्रदेश सँधै रुकुम पश्चिम, जाजरकोट र कालिकोटले मात्रै चलाउदै आएकोले बाँकी जिल्लामा माओवादी पार्टी खारेज गरिदिन माओवादी पार्टीका युवा नेता राज पौडेलले चेतावनी दिए । हिजोका दिनदेखि निरन्तर पार्टीमा लागेको, शरिर भरि गोली र छर्रा बोकेर पार्टी अभियानमा लाग्दा पनि नरबहादुर विष्टलाई किन उपेक्षा गरिएको भन्दै उनले माओवादी नेतृत्व समक्ष प्रश्न गरे ।

प्रकाशित मिति : २०७८ भदौ ८ गते मंगलबार