
फागुन १७, सुर्खेत
अनकम्फर्टेवल पार्टी (केपी ओली खेमा) सुर्खेतले पार्टी विभाजन भएको लामोसमय भैसक्दा पनि कुनै गति लिन सकेको छैन। उक्त पार्टीका देशभरका पार्टी कमिटी र जनसंगठनहरुले आकार–प्रकार लिईसक्दा पनि उक्त समूहको सुर्खेत पार्टी कमिटी वन्न सकेको छैन ।
ओली खेमाको नेपाल कम्युनिस्ट पार्टीले सुर्खेतको पार्टी अध्यक्ष कसलाई वनाउने भन्ने जोडघटाउमै समय विताईसकेको छ । अन्य जिल्लाहरुमा पार्टी र जनवर्गीय संगठनहरु विभाजित भई एकपक्षीयरुपमा कमिटीहरु गठन भैसक्दा समेत ओली समूह भित्र कर्णाली प्रदेशमा निर्णायक भूमिकामा रहेका कंडेलले माधव प्रचण्ड खेमामा लागेका पार्टी अध्यक्ष ध्रुवकुमार शाही र सचिव कृष्ण जिसी जितेन्द्रलाई मानेर हिडेजस्तो अर्थ लाग्ने गरि अर्थपूर्ण मौनता साधिरहेका छन् ।
कडेलकै एकल निर्णयमा प्रदेशका सवै जिल्लाहरुमा पार्टी कमिटीहरु वन्न सक्ने देखिएपनि नवनाईनुले आफुहरु चकित वनेको कडेल निकट नेताहरु नै वताउछन । नाम उल्लेख नगर्ने शर्तमा एक जिल्ला कमिटी सदस्य भन्छन,’ जोसुकै वनाएपनि कम्तीमा एउटा सांगठनिक ढाँचा त वन्थ्यो ।’ अर्को समूह हरेक टोलटोलमा कमिटी गठन गरेर हिडेको र आफुहरु अनिर्णयको बन्दी वन्दा पीडा हुने गरेको उनी वताउँछन ।
कंडेलसंग सम्मुखमा कुरा गर्न र आफ्ना भनाइहरु राख्ने हिम्मत नहुने कार्यकर्ताहरुको समूहले यो वारेमा उनीसंग कुरा गर्ने पटकपटक कोशिस पनि गर्याे । तर उनको सम्मुखमा पर्न बित्तिकै आफ्ना सवै एजेन्डाहरु विर्सने गरेको उनीहरू स्वयं स्वीकार गर्दछन ।
तर उनी निकट एक जिल्ला कमिटी सदस्यले कंडेलले पद आंकाक्षीहरुको व्यवस्थापन गर्न नसकेकोले नै कमिटीहरु गठन÷ पुनर्गठन गर्न नसकेको स्वीकार गर्दछन । आफ्नो विगतको टिम भित्रको पदीय भागवण्डा र ऋषि शर्माको विरासत वोकेको समूहलाई कसरी एक ठाउँमा ल्याउने भन्नेमै उनको चिन्ता र चासो देखिएको छ उनी वताउँछन ।
खासगरी पूर्व एमाले भित्र २०५० पछि निर्णायक पोजिसनमा रहेका नेकपाका नेता एवम् पूर्वमन्त्री यमलाल कंडेलको गृह जिल्लासमेत भएकोले यसको महत्त्व विशेष प्रकारको छ । सुर्खेत कर्णाली प्रदेशको राजधानी वनिसकेपछि कर्णाली प्रदेश मात्र नभई यसले देशकै महत्त्वपूर्ण स्थान लिन सफल भयो ।
नेपालमा प्रजातन्त्रको स्थापना भएपश्चात् सुर्खेत जिल्ला वामपन्थीहरुले पकडमै रह्यो । पुराना वामपन्थी नेताहरू खगेन्द्र घर्ती, हस्तवहादुर पुन, मदन भट्ट, देवेन्द्र विसी, लिलाधर गौतम, वालाराम शर्मा, वालकृष्ण विसी, भूषण मानन्धर, महेन्द्र शर्मा, डिलाराम गिरी, हेमप्रकाश भुषाल लगायतले कम्युनिस्ट आन्दोलन उचाइमा पु¥याउन आ– आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका खेले ।
माथि उल्लेखित शास्त्रीय कम्युनिस्ट नेताहरुले पंचायत विरुद्धको आन्दोलनमा आफुलाई अघिल्लो मोर्चामा राखे । २०५० पछि भने विद्यार्थी आन्दोलनको नेतृत्व गरेर आएका यमलाल कडेलले सुर्खेती कम्युनिस्ट आन्दोलनको संसदीय मोर्चा सम्हाले ।
उनीसँगै सुर्खेत जिल्लाको पूर्वी क्षेत्रवाट उदाएका युवा कम्युनिस्ट नेता ऋषिप्रसाद शर्माले कम्युनिस्ट आन्दोलनमा सुर्खेतको पूर्वी भाग सम्हाले । कंडेल र शर्माको समदुरीको राजनीतिले सुर्खेतको कम्युनिस्ट आन्दोलनमा प्रतिस्पर्धा, मूल्य मान्यता र विचारको राजनीतिलाई संगसंगै वढाउदै लग्यो ।
यसवीचमा नेकपा एमालेको विभाजन व्यहोरेको सुर्खेती कम्युनिस्ट आन्दोलनले पुनः एकीकृत हुदै २०७० सालको संसदीय निर्वाचनमा एमाले पार्टीभित्र विग्रहको रुप धारण गर्याे ।
कांग्रेसको दवदवा विच २०४९ सालको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर पदमा विजयी वनेका यमलाल कडेल र शिवप्रसाद उपाध्याय एकजना आधिकारिक र अर्काे विद्रोही उम्मेदवार वने ।
टुटफुट र एकीकरण हुँदै अघि वढेको नेपाली कम्युनिस्ट पार्टी २०७४ सालसम्म आईपुग्दा सशस्त्र द्वन्द्ववाट आएको नेकपा माओवादी र नेकपा एमाले विच चुनावी तालमेल र पार्टी एकतासम्मै पुग्यो ।
एमाले र माओवादी विचको एकतावाट वनेको नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधि सभामा झण्डै दुईतिहाइ जनमत वटुल्यो । सम्पूर्ण राज्यसत्ता कम्युनिस्टहरुको हातमा गयो। तर ३ वर्ष नहुदै नेकपा पार्टीमा स्पष्ट विभाजन आएको छ। माधव, प्रचण्ड र झलनाथ एउटा खेमामा रहेका छन भने केपी ओलीले छुट्टै मोर्चाको कमान्ड गरिरहेका छन् । वामदेव मध्यधारमा आफुलाई उभ्याउदै पार्टी एकताको दिवास्वप्न देखिरहेका छन् ।
तर, अदालतले प्रतिनिधि सभाको विघटनलाई उल्ट्याएसंगै पुनः पार्टी एकता हुने संभावना वढेर गएको नेकपाका नेताहरु वताउन थालेका छन् । ’आकाशको फल, आँखा तरी मर’ भनेझै नेकपाको एकतापनि धेरै टाढा गैसकेको जानकारहरु वताउँछन ।