२०८३ वैशाख २ , बुधबार

अन्कम्फर्टेवल पार्टीले सुर्खेतको जिल्ला नेतृत्व टुङ्गयाउन सकेन



फागुन १७, सुर्खेत

अनकम्फर्टेवल पार्टी (केपी ओली खेमा) सुर्खेतले पार्टी विभाजन भएको लामोसमय भैसक्दा पनि कुनै गति लिन सकेको छैन। उक्त पार्टीका देशभरका पार्टी कमिटी र जनसंगठनहरुले आकार–प्रकार लिईसक्दा पनि उक्त समूहको सुर्खेत पार्टी कमिटी वन्न सकेको छैन ।

ओली खेमाको नेपाल कम्युनिस्ट पार्टीले सुर्खेतको पार्टी अध्यक्ष कसलाई वनाउने भन्ने जोडघटाउमै समय विताईसकेको छ । अन्य जिल्लाहरुमा पार्टी र जनवर्गीय संगठनहरु विभाजित भई एकपक्षीयरुपमा कमिटीहरु गठन भैसक्दा समेत ओली समूह भित्र कर्णाली प्रदेशमा निर्णायक भूमिकामा रहेका कंडेलले माधव प्रचण्ड खेमामा लागेका पार्टी अध्यक्ष ध्रुवकुमार शाही र सचिव कृष्ण जिसी जितेन्द्रलाई मानेर हिडेजस्तो अर्थ लाग्ने गरि अर्थपूर्ण मौनता साधिरहेका छन् ।

कडेलकै एकल निर्णयमा प्रदेशका सवै जिल्लाहरुमा पार्टी कमिटीहरु वन्न सक्ने देखिएपनि नवनाईनुले आफुहरु चकित वनेको कडेल निकट नेताहरु नै वताउछन । नाम उल्लेख नगर्ने शर्तमा एक जिल्ला कमिटी सदस्य भन्छन,’ जोसुकै वनाएपनि कम्तीमा एउटा सांगठनिक ढाँचा त वन्थ्यो ।’ अर्को समूह हरेक टोलटोलमा कमिटी गठन गरेर हिडेको र आफुहरु अनिर्णयको बन्दी वन्दा पीडा हुने गरेको उनी वताउँछन ।

कंडेलसंग सम्मुखमा कुरा गर्न र आफ्ना भनाइहरु राख्ने हिम्मत नहुने कार्यकर्ताहरुको समूहले यो वारेमा उनीसंग कुरा गर्ने पटकपटक कोशिस पनि गर्याे । तर उनको सम्मुखमा पर्न बित्तिकै आफ्ना सवै एजेन्डाहरु विर्सने गरेको उनीहरू स्वयं स्वीकार गर्दछन ।

तर उनी निकट एक जिल्ला कमिटी सदस्यले कंडेलले पद आंकाक्षीहरुको व्यवस्थापन गर्न नसकेकोले नै कमिटीहरु गठन÷ पुनर्गठन गर्न नसकेको स्वीकार गर्दछन । आफ्नो विगतको टिम भित्रको पदीय भागवण्डा र ऋषि शर्माको विरासत वोकेको समूहलाई कसरी एक ठाउँमा ल्याउने भन्नेमै उनको चिन्ता र चासो देखिएको छ उनी वताउँछन ।

खासगरी पूर्व एमाले भित्र २०५० पछि निर्णायक पोजिसनमा रहेका नेकपाका नेता एवम् पूर्वमन्त्री यमलाल कंडेलको गृह जिल्लासमेत भएकोले यसको महत्त्व विशेष प्रकारको छ । सुर्खेत कर्णाली प्रदेशको राजधानी वनिसकेपछि कर्णाली प्रदेश मात्र नभई यसले देशकै महत्त्वपूर्ण स्थान लिन सफल भयो ।

नेपालमा प्रजातन्त्रको स्थापना भएपश्चात् सुर्खेत जिल्ला वामपन्थीहरुले पकडमै रह्यो । पुराना वामपन्थी नेताहरू खगेन्द्र घर्ती, हस्तवहादुर पुन, मदन भट्ट, देवेन्द्र विसी, लिलाधर गौतम, वालाराम शर्मा, वालकृष्ण विसी, भूषण मानन्धर, महेन्द्र शर्मा, डिलाराम गिरी, हेमप्रकाश भुषाल लगायतले कम्युनिस्ट आन्दोलन उचाइमा पु¥याउन आ– आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका खेले ।

माथि उल्लेखित शास्त्रीय कम्युनिस्ट नेताहरुले पंचायत विरुद्धको आन्दोलनमा आफुलाई अघिल्लो मोर्चामा राखे । २०५० पछि भने विद्यार्थी आन्दोलनको नेतृत्व गरेर आएका यमलाल कडेलले सुर्खेती कम्युनिस्ट आन्दोलनको संसदीय मोर्चा सम्हाले ।

उनीसँगै सुर्खेत जिल्लाको पूर्वी क्षेत्रवाट उदाएका युवा कम्युनिस्ट नेता ऋषिप्रसाद शर्माले कम्युनिस्ट आन्दोलनमा सुर्खेतको पूर्वी भाग सम्हाले । कंडेल र शर्माको समदुरीको राजनीतिले सुर्खेतको कम्युनिस्ट आन्दोलनमा प्रतिस्पर्धा, मूल्य मान्यता र विचारको राजनीतिलाई संगसंगै वढाउदै लग्यो ।

यसवीचमा नेकपा एमालेको विभाजन व्यहोरेको सुर्खेती कम्युनिस्ट आन्दोलनले पुनः एकीकृत हुदै २०७० सालको संसदीय निर्वाचनमा एमाले पार्टीभित्र विग्रहको रुप धारण गर्याे ।

कांग्रेसको दवदवा विच २०४९ सालको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर पदमा विजयी वनेका यमलाल कडेल र शिवप्रसाद उपाध्याय एकजना आधिकारिक र अर्काे विद्रोही उम्मेदवार वने ।

टुटफुट र एकीकरण हुँदै अघि वढेको नेपाली कम्युनिस्ट पार्टी २०७४ सालसम्म आईपुग्दा सशस्त्र द्वन्द्ववाट आएको नेकपा माओवादी र नेकपा एमाले विच चुनावी तालमेल र पार्टी एकतासम्मै पुग्यो ।

एमाले र माओवादी विचको एकतावाट वनेको नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधि सभामा झण्डै दुईतिहाइ जनमत वटुल्यो । सम्पूर्ण राज्यसत्ता कम्युनिस्टहरुको हातमा गयो। तर ३ वर्ष नहुदै नेकपा पार्टीमा स्पष्ट विभाजन आएको छ। माधव, प्रचण्ड र झलनाथ एउटा खेमामा रहेका छन भने केपी ओलीले छुट्टै मोर्चाको कमान्ड गरिरहेका छन् । वामदेव मध्यधारमा आफुलाई उभ्याउदै पार्टी एकताको दिवास्वप्न देखिरहेका छन् ।

तर, अदालतले प्रतिनिधि सभाको विघटनलाई उल्ट्याएसंगै पुनः पार्टी एकता हुने संभावना वढेर गएको नेकपाका नेताहरु वताउन थालेका छन् । ’आकाशको फल, आँखा तरी मर’ भनेझै नेकपाको एकतापनि धेरै टाढा गैसकेको जानकारहरु वताउँछन ।

प्रकाशित मिति : २०७७ फागुन १७ गते सोमबार