२०८२ माघ १७ , शनिबार

एमाले भित्र केन्द्रमा सहमतिसंगै कर्णालीका वैठकहरु रोकिए



भदौं ८, सुर्खेत

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले विभिन्न मितिमा तोकिएका जिल्ला कमिटी वैठकहरु स्थगित गरेको छ ।

उक्त पार्टीका कर्णाली प्रदेश अध्यक्ष गोरख वोगटीले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेकपा (एमाले) ले कर्णाली प्रदेशमा गर्न लागेका जिल्ला कमिटीका वैठकहरु अर्को सूचना नभएसम्मको लागि स्थगन गरिएको जनाएका छन् ।

अध्यक्ष वोगटीले भाद्र ८ गते बसेको स्थायी कमिटीको बैठकबाट आगामी भाद्र १० गते केन्द्रीय कमिटीको बैठक र भाद्र १६ गतेदेखि जिल्ला कार्यकर्ता भेला र जनसङ्गठनका भेला गर्ने लगायतका निर्णय भएको उल्लेख गर्दै प्रदेश कमिटीको गत भाद्र ३ गते सम्पन्न बैठकले गरेको निर्णय अनुसार १० वटै जिल्लामा विभिन्न मितिमा तोकिएका जिल्ला कमिटीका बैठकहरु अर्को सूचना नहुँदासम्म स्थगित गर्न अनुरोध गरेका छन् ।

नेकपा एमालेमा तेस्रो धारको नेतृत्व गरेका भीम रावल सहितका १० जना स्थायी कमिटी सदस्यहरुले १० वुदे सहमति भएसंग नेकपा एमालेको मंगलबारको वैठकमा सहभागी भएका छन् ।

प्रकाशित मिति : २०७८ भदौ ८ गते मंगलबार