२०८३ वैशाख १३ , आइतबार

माइक्रोफाइनान्स लघुवित्त सुर्खेतको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

चार समूह पुरस्कृत


सुर्खेत । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था वीरेन्द्रनगर सुर्खेतले वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले सोमवार वीरेन्द्रनगरमा  उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे । कार्यक्रममा शाखाको वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो । प्रगति विवरण प्रस्तुत गर्दै प्रमुख अवस्थीले २०७४ चैतमा स्थापना भएको यस संस्थामा एक हजार बढी सदस्य रहेको बताए ।

उनले २ करोड ३० लाख बचत भएको, ५ स्थानीय तहमा शाखा कार्यालय स्थापना गरिएको, ११ करोड कर्जा वितरण गरिएको र ७ सय बढी  ऋणी रहेको बताएका थिए । साथै उनले सहभागीहरूलाई वित्तीय संस्थाको बारेमा समेत स्पष्ट पारेका थिए । साथै नियमित लगानी गर्ने ४ वटा समूहहरूलाई पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रममा संस्थाका प्रमुख अवस्थी, अनुगमन अधिकृत युधिर बस्नेत, नेपाल चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि शर्मा, प्रहरी नायव निरीक्षक गगन कुमार सिंह फरक बाटो साप्ताहिक तथा आओर टुरिजम न्युजका प्रदेश प्रमुख दीपक जैसी लगायत संस्थामा आबद्ध सदस्यहरूको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०८० चैत ५ गते सोमबार