२०८३ वैशाख १३ , आइतबार

रुकुमबाट काठमाडौं जाँदै गरेकाे बस दुर्घटना



सुर्खेत । रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बस बागलुङको निसीखोला गाउँपालिकामा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पश्चिम रुकुमबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। घाइतेहरूको नाम खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले बताए । बस मध्यपहाडी लोकमार्गदेखि १५० मिटर तल बसेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेकोसूचना अधिकारी केसीले बताए।

प्रकाशित मिति : २०८० चैत ५ गते सोमबार