रुकुम पश्चिम । आगामी चैत १५ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुकुम पश्चिमबाट ३ हजार ५ सय बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका अनुसार यस वर्षको एसईई परीक्षामा कुल ३ हजार ५ सय ९३ जना विद्यार्थीले सहभागिता जनाउने छन् ।
चैत २७ गतेसम्म सञ्चालन हुने परीक्षामा जिल्लाबाट साधारणतर्फ ३ हजार ४ सय १७ जना, प्राविधिकतर्फ ९६ जना र ग्रेड वृद्धितर्फ २७ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पश्चिमले जानकारी दिएको छ ।
परीक्षामा जिल्लाका ७६ वटा सामुदायिक, १ खुला र ५ वटा संस्थागत विद्यालय गरी ८२ वटा विद्यालयहरूबाट विद्यार्थीहरू सहभागी हुनेछन् । यस्तै एसईईका लागि यहाँका २३ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।
प्रकाशित मिति : २०८० चैत १० गते शनिबार