२०८३ वैशाख १३ , आइतबार

सामाजिक सञ्जाल सुर्खेतद्धारा सांस्कृतिक तथा सम्मान कार्यक्रम



सुर्खेत । सामाजिक सञ्जाल महिला अभियान सुर्खेतद्धारा विविध सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको । शुक्रवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर समाजमा रहेका विकृत विसङ्गतिलाई हटाई समाज निर्माण गर्ने पिछाडिएका महिलाहरूलाई सक्षम बनाउन उक्त कार्यक्रम गरिएको हो । संस्थाले विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

सम्मानित हुनेहरूमा वीरेन्द्रनगर नगरपालिका शिक्षा उपसचिव धिरेन्द्र प्रसाद शर्मा, नवज्योति केन्द्रका सिस्टर रोसिता, वृद्ध सेवा केन्द्रका गंगाराम भट्टराई, भजन टोलीका मनसरा शाही, कौशिला गिरी, पार्वती भट्टराई, ढकाल समाजका भजन संयोजक तुलसी ढकाल, रेडियो नेपालका कलाकार मञ्जु मिथानी रहेको सो संस्थाका अध्यक्ष तथा वरिष्ठ कलाकार भिमा सुवेदीले जानकारी दिइन् ।

उनले पछिल्लो समय समाजमा रहेका विकृति संस्कृतिलाई हटाएर कला र गलालाई बचाइराख्ने उद्देश्यले सम्मान कार्यक्रम गरिएको बताइन् ।

प्रकाशित मिति : २०८० चैत १७ गते शनिबार