२०८३ वैशाख १६ , बुधबार

दाङमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु



दाङ। दाङको घोराही–लमही सडक खण्डको बेलदमारमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृत्यु हुनेमा घोराहीको नवलपुरका २२ वर्षीय श्रवणकुमार पुन र घोराही ४ का २१ वर्षीय विनोद केसी रहेका छन् । आज बिहान भएकाे दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिहरूको मुख र टाउकोमा गम्भीर चोट लागेकाे थियाे । दुर्घटनामा घाइते भएका उनीहरुलाई लमही अस्पतालमा पुर्याइएको बेला चिकित्सकले दुबै जनाको मृत्यु भइसकेको पुष्टि गरेका थिए।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार