संविधान संशोधनका नाममा स्वार्थको सौदाबाजी गर्न पाइँदैन : रवि लामिछाने

खबरदृष्टि सम्वाददाता ३ आश्विन २०८१, बिहीबार १८:०३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान संशोधनका नाममा आफ्नो राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न नपाइने बताएका छन् । संविधान दिवसका अवसरमा रास्वपाले बिहीबार काठमाडौंमा आयोजना गरेको संविधान मन्थन कार्यक्रमका बोल्दै लामिछानेले अहिलेको दुई दलीय सरकारले संविधान संशोधनको कुरा अघि सारेको अवस्थामा संविधानलाई आफ्नो राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न नपाइने बताएका हुन् ।

दुईतिहाइको सरकारको प्रारम्भिक काममा आत्मबल नदेखिएको उनले बताए । उनले अहिलेको अवस्थामा चुनाव निकै खर्चिलो हुँदै गएकाले संविधान संशोधनमार्फत पूर्ण समानुपातिक संसद्को व्यवस्था गर्नुपर्ने धारणा राखे । पैसाको बलमा चुनाव जित्ने प्रवृत्तिले सदन पूर्ण रुपमा सक्रिय हुन नसकेको उनको भनाइ छ ।

लामिछानेले राष्ट्रियसभालाई बिद्धानहरुको सभा बनाउनुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे । संविधानको सबल पक्ष समावेशी र समावेशिता भएको भन्दै उनले यसलाई कुनै हालतमा कमजोर बनाउन नहुने बताए ।

उनले संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नदिएका कारण समस्या देखिएको पनि बताए । लामिछानेले शासकीय प्रणालीमा सुधार गरेरमात्रै नहुने भन्दै दलहरू सच्चिनुपर्ने र नेता छान्ने प्रणालीका विषयमा दलहरूले सबैभन्दा पहिला आफ्नो पार्टीको विधान परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

Next Post

संविधान दिवस : शिवालय ५ मा दीप प्रज्वलन

३ आश्विन २०८१, बिहीबार १८:०३
सुर्खेत । शिवालय गाउँपालिका–५ थालारैकरमा संविधान दिवसको अवसरमा विशेष रूपमा दीप प्रज्वलन गरिएको छ । साँझको समयमा वडा कार्यालयको आँगनमा आयोजना गरिएको कार्यक्रममा कार्यालयका कर्मचारी, जनप्रतिनिधि, शिक्षक, युवा, नेपाल प्रहरी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । कार्यक्रमले संविधानको महत्त्व र यसको संरक्षणमा सबैको योगदानको आवश्यकता औँल्याएको छ […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031