२०८३ वैशाख ११ , शुक्रबार

सहकारीको एक रुपैयाँ मेरो पेटमा परेको छैन : रवि लामिछाने



काठमाडौँ। गोरखा मिडियामा सहकारीको पैसा अपचलनमा कारबाहीको सिफारिस गरिएको विषयमा रास्वपा सभापति रवि लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्। संसदीय समितिलाई दिएको बयानमा उनले सहकारी ठगीमा आफू निर्दोष रहेको दाबी गरेका हुन् ।

बयानमा उनले भनेका छन्, ‘मेरो पेटमा सहकारीको एक रुपैयाँ पनि परेको छैन, मैले ऋण लिएको प्रमाण पनि छैन। मेरो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा भएको छैन।’

संसदीय छानबिन समितिले गोरखा मिडियामा गएको ६५ करोड रुपैयाँमा तत्कालीन सञ्चालक जीबी राई, छविलाल जोशी बन्जाडे, कुमार रम्तेल र लामिछानेलाई जिम्मेवार ठहर्‍याएको छ। समितिले लामिछानेलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको भूमिकामा सहकारीबाट आएको रकम चेक काटेर बाँड्नेमा संलग्न भएको दाबी गरेको छ।

प्रकाशित मिति : २०८१ असोज ४ गते शुक्रबार