
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौकुने गाउँपालिकाको प्रथम अधिवेशन शनिवार गुटुमा सम्पन्न भएको छ । यस अवसरमा १३ सदस्यीय गाउँपालिका समिति, ७ सदस्यीय सल्लाहकार परिषद् र ८ सदस्यीय संयोजक टोली चयन गरिएको छ । गाउँपालिका समितिको अध्यक्षमा विष्णुप्रसाद उपाध्याय, उपाध्यक्षमा मान बहादुर दानी, सचिवमा राजेश बुढा, कोषाध्यक्षमा नरेन्द्र सिजापति मगर र सहसचिवमा लछिमा बिक चयन भएको रास्वपा कर्णाली प्रदेश प्रवक्ता हरिप्रसाद अधिकारीले जानकारी दिए ।
अन्य सदस्यहरूमा भोजराज रिमाल, हिरालाल देवकोटा, नन्दा आले मगर, प्रेमिका बिसी, हरिकला कँडेल, दिनेश थापा, जुन सनजोक थापा र नन्दाराम दानी रहेका छन् । सल्लाहकार परिषद् संयोजकको जिम्मेवारी सन्तोष बिसीलाई दिइएको छ भने सदस्यहरूमा जगत बोहरा, भोजराज जोशी, टिकाराम कँडेल, डिल्लीराम घिमिरे, हर्क बहादुर बिसी, मदन कसेरा रहेका छन् ।
८ सदस्यीय सदस्यीय संयोजक टोलीमा भबिन्द्र बिसी संयोजक, दानबहादुर बिसी सचिव र दीपक गौतम, शेर बहादुर बुढा, रमेश कुमार थापा, गणेश विक, कलम विक, हिमाल घर्ती सदस्यका रूपमा चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि रास्वपा केन्द्रीय कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी रहेका थिए।
यसका अतिरिक्त प्रदेश सभापति मदन खड्का, महामन्त्री ललितकुमार चन्द, सहमहामन्त्री र प्रवक्ता हरिप्रसाद अधिकारी, प्रदेश सदस्य निर्मला सापकोटा, प्रदेश सल्लाहकार संयोजक ताराप्रसाद देवकोटा, सल्लाहकार सदस्य जीवन देवकोटा, बम बुढा लगायतका नेताहरूको पनि उपस्थिति थियो । यस्तै करिब २५ जना बढीले विभिन्न पार्टी परित्याग गरेर रास्वपामा प्रवेश गरेका छन् ।