२०८३ वैशाख ४ , शुक्रबार
स्पष्टीकरण

चौकुने-८ को स्पष्टीकरण : मिडियालाई गाली गर्दै मोवाईल लिएको स्वीकार



सुर्खेत। चौकुने गाउँपालिका–८ नम्बर वडा कार्यालयले आफूविरुद्ध मिडिया तथा सामाजिक सञ्जालमा चलाइएको प्रचारप्रति आपत्ति जनाउँदै सार्वजनिक स्पष्टीकरण दिएको छ। खबरदृष्टिले आइतबार ”चौकुनेमा जनप्रतिनिधिको मोजमस्ती : करको पैसाबाट वडाध्यक्षलाई ५० हजारको सामसुङ मोबाइल उपहार !” शीर्षकमा समाचार प्रकाशन गरेपछि वडाले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारलाई भ्रामक र दुर्भाग्यपूर्ण भनेको हो।

यो समाचार हेर्नुहोस् – चौकुनेमा जनप्रतिनिधिको मोजमस्ती : करको पैसाबाट वडाध्यक्षलाई ५० हजारको सामसुङ मोबाइल उपहार !

साथै वडाले मीडियालाई गाली गर्दै मोबाइल लिएको स्वीकार गरेको छ। वडाध्यक्ष कमल बहादुर जिसी र वडा सचिव सुशीला कुमारी भुसालले हस्ताक्षर गरेको विज्ञप्तिमा २०८०/८१ मा कार्यालय सेवा प्रवाह सहज बनाउने उद्देश्यले कार्यालय प्रयोजनका लागि एक थान मोबाइल खरिद गरिएको स्वीकार गरिएको छ।

महालेखा परीक्षकको कार्यालयले प्रक्रियागत पक्षमा आवश्यक कागजात नपुगेको आधारमा बेरुजु उल्लेख गरेको भए पनि सो सम्बन्धमा आवश्यक कागजात सम्बन्धित निकायमा बुझाइसकिएको छ, विज्ञप्तिमा भनिएको छ,’ वडाले मोबाइल व्यक्तिगत प्रयोगका लागि नभई पूर्ण रूपमा कार्यालय प्रयोजनका लागि प्रयोग गरिएको भन्दै मिडिया र सामाजिक सञ्जालमा जनप्रतिनिधिको छवि बिगार्ने शैली भएको उल्लेख गरेको छ ।

साथै मोबाइल खरिद व्यक्तिगत प्रयोग र कुनै आर्थिक दुरुपयोग नभएको दाबी गरेको छ। वडाले सत्यप्रति विश्वास राख्न तथा अफवाह र हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमबार