२०८३ वैशाख ४ , शुक्रबार

८४ मा शिवालयको नेतृत्व रास्वपाले गर्छ : कठायत



जाजरकाेट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शिवालय गाउँपालिकाका सभापति बीरेन्द्र कठायतले आगामी स्थानीय तह निर्वाचन (२०८४) मा शिवालयमा रास्वपाले नेतृत्व लिने दाबी गरेका छन्। मंगलवार खबरदृष्टिसँगको कुराकानीमा सभापति कठायतले पुराना दलहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै अब जनताले वैकल्पिक शक्तिका रूपमा रास्वपाप्रति विश्वास देखाएको बताए।

‘जनताले धेरै वर्षसम्म पुराना पार्टीहरूलाई मतदान गरे, तर अपेक्षा अनुसार विकास, सुशासन र जवाफदेहिताको अनुभूति हुन सकेन,’ कठायतले भने, ‘त्यही कारण अब जनता वैकल्पिक शक्तिको खोजीमा छन्, रास्वपामाथि विश्वास गर्दैछन्। त्यसैले ८४ मा रास्वपाले नेतृत्व गर्छ भन्नेमा म ढुक्क छु।’ कठायतका अनुसार पछिल्लो समय गाउँ गाउँबाट रास्वपालाई जनसमर्थन बढ्दो छ।

उनले पार्टीका केन्द्रीय सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरोधमा करिब एक हजार जनाले हस्ताक्षर गरेको समेत जानकारी दिए। उनले राजनीतिक पूर्वाग्रहका आधारमा लामिछानेलाई निरन्तर निशाना बनाइएको दाबी गरे । रास्वपाले जनभावना अनुसार नेतृत्व गर्न तयार रहेको बताउँदै कठायतले पार्टीको संगठनलाई अझ मजबुत बनाउँदै लैजाने बताए।

प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार