२०८३ वैशाख ७ , सोमबार

यामलाल कँडेलको टिप्पणी -कांग्रेस–माओवादीको गठबन्धनमा कुर्ची बाहेक केही मिल्दैन



सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कांग्रेस–माओवादीबीचको गठबन्धनमा कुर्ची बाहेक अरू कुनै पनि नमिल्ने टिप्पणी गरेका छन् । मुख्यमन्त्री शर्माले विश्वासको मत सम्बन्धि दर्ता गराएको प्रस्तावमाथि छलफलको विषयमा बोल्दै कँडेलले यस्तो टिप्पणी गरेका हुन् ।

 

उनले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले ११ माघमा मन्त्रिपरिषद् गठन गर्दा प्रदेश प्रमुखको कार्यालयलाई दुरुपयोग गरेको समेत आरोप लगाएका छन् । मुख्यमन्त्रीले मन्त्रीको नाम मात्र पठाएको तर, शपथ ग्रहणपछि एक्कासी राज्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुखको कार्यालयलाई दुरुपयोग गरियो,’ उनले भने,‘ यसले आम जनताप्रति निराशा पैदा गर्छ ।

 

उनले एमालेले भनेको सल्लाह नमानेका कारण मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनुपरेको समेत बताएका छन् । उनले मुख्यमन्त्री शर्माको सय दिने अवधि खासै आशालाग्दो नरहेको पनि जिकिर गरे । साथै कँडेलले एमालेले विपक्षमा मतदान गर्ने बताए ।

प्रकाशित मिति : २०८० वैशाख १५ गते शुक्रबार