सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रत्यक्षतर्फ सुर्खेत क्षेत्र नं. १ बाट कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई एकल रूपमा सिफारिस गरेको छ। क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले खड्कालाई सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको हाे ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्कालाई उनको नेतृत्व क्षमता र संगठनमा देखाएको भूमिकाका आधारमा एकल सिफारिस गरिएको क्षेत्रीय सभापति झकबहादुर डाँगीले बताए। यता, सुर्खेत क्षेत्र नं. २ का लागि जिल्ला कार्यसमितिले ६ जनाको नाम सिफारिस गरेको छ।
सिफारिस सूचीमा उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भिष्मराज हमाल, हृदयराम थानी र महिलातर्फ बसन्ती बस्नेतको नाम रहेको क्षेत्रीय सभापति इन्द्रबहादुर रावलले जानकारी दिए। यस्तै क्षेत्र नं २ बाट समानुपातिक तर्फ गंगा नेपाली, पार्वती गिरी, भग्य कामी, धना बिष्ट र भिम शाई नेपालीलाई सिफारिस गरेको क्षेत्रीय सभापति रावलले बताए ।