२०८३ वैशाख ४ , शुक्रबार

‘अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता’ मा कर्णालीले पनि सहभागिता जनाउने



सुर्खेत । ‘अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता २०८०’ मा कर्णाली प्रदेशले पनि सहभागिता जनाउने भएको छ । प्रदेश खेलकुद विकास परिषद बागमतीले पहिलो पटक आयोजना गर्न लागेको उक्त प्रतियोगितामा कर्णाली प्रदेशले पनिसहभागिता जनाउने भएको हो ।

प्रदेश खेदकुद विकास परिषद बागमतीको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्कृत कार्यक्रम अन्तरर्गत आगामी फागुन २४ देखि ३० गते सम्म संचालन हुने ‘अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता २०८०’ तयारी सम्बन्धमा प्रदेश राजधानी हेटौडामा भएको छलफलमा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले उक्त कुराको जानकारी दिएका हुन् ।

‘अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता २०८०’ सम्बन्धमा विहिवार भएको छलफलमा कर्णाली प्रदेशको तर्फबाट परिषदका सदस्य सचिव विश्वामित्र संज्यालको सहभागिता रहेको थियो । उक्त छलफलमा सात वटै प्रदेशका सदस्य सचिवको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार