सिम्तामा आइसिटी स्थापना

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ३ आश्विन २०८०, बुधबार ०८:३१

दुर्गा विसि, सल्यान । सुर्खेतको सिम्ता गाउँपालिकामा पुर्वविद्यार्थीहरुको सहयोगमा एक विद्यालयमा सूचना प्रविधि (आइसिटी) स्थापना गरिएको छ । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ९ खान्माको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको आर्थिक सहयोगमा निर्माण गरिएको सूचना प्रविधि स्थापना गरिएको हो ।

“हामी बनाउँछौ हाम्रो विद्यालय, खान्मा विद्यालयको सान, हामी पूर्व विद्यार्थीहरुको पहिचान“ भन्ने मूल नारा तय गर्दै विद्यालयले आर्थिक सङ्कलनको अभियान सञ्चालन गरेको थियो । वर्तमान २१ औ शताब्दीको सूचना प्रविधिको युगमा बालबालिकालाई सिकाइको लागि नयाँ प्रविधि सङ्ग जोड्ने र परम्परागत शिक्षण सिकाइलाई अन्त्य गरेर नयाँ प्रविधिबाट बालबालिकाको सिकाइमा सहजता ल्याउन यो अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

पूर्व विद्यार्थी तथा अन्य केही सहयोगीहरूको आर्थिक सहयोगबाट अभियानले ३ लाख २२ हजार ७ सय १२ रुपैयाँ पैसा सकलन गरिएको अभियान संयोजक तथा विद्यालयका शिक्षक लक्ष्यबहादुर सुनारले जानकारी दिए । यस्तै सिम्ता गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले दिएको ५० हजार अनुदान मध्ये १० हजार शैक्षिक सामग्री खरिद गरिएको र चालीस हजार रुपैयाँ आइसिटी सामग्री खरिद गरिएको छ ।

विद्यालयले सूचना प्रविधिका सामग्रीहरूमा डेल कम्पनीको I5 ल्यापटप, ३ वटा डेल कम्पनीका I5 डेस्कटप कम्प्युटर, ३२ इन्चको स्मार्ट टिभी, इन्भटर, व्याकप ब्याट्री, नर्मल स्पिकर, पेन्ड्राइव, स्पिकर, मल्टिपलग खरिद गरेको छ । यसका साथै इन्टरनेटको लागि नेपाल टेलिकमको फोरजी डाटा प्याकेज खरिद गरिएको छ ।

अभियानबाट सङ्कलित रकमले विद्यालयमा वायरिङ, मिटर बक्स जडान, साथै आइसिटी कोठामा व्यवस्थापनको लागि खर्च गरिएको अभियान संयोजक सुनारले जानकारी दिए । मङ्गलवार भएको उद्घाटन कार्यक्रममा पूर्व विद्यार्थीहरूबाट आइसिटिका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बोल्दै सिम्ता–९ का वडा अध्यक्ष कविराज योगीले विद्यालयले अहिलेको समयमा गरेको अभियानलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताए। उनले अहिलेको सूचना प्रविधिको युगमा हरेक नागरिक प्रविधि सङ्ग नजिक हुनुपर्ने बताए । खान्मा विद्यालयले सिम्तामै प्रा.वि विद्यालयहरूमा अभियान मार्फत आइसिटी जोड्ने पहिलो विद्यालय भएकाले अन्य विद्यालयले पनि यस्ता सकारात्मक कार्य गर्नुपर्ने बताए ।

यस्तै उनले आगामी दिनमा आइसिटी स्थापनापछि लाग्ने अन्य व्यवस्थापकीय खर्चको लागि विद्यालयलाई वडाले सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक परशुराम सुनारले आइसिटी स्थापना गर्न सहयोग गर्ने सबै पूर्व विद्यार्थीलाई धन्यवाद व्यक्त गरे ।

अहिलेको बदलिँदो समयमा विज्ञान र प्रविधिको तीव्र विकास भएको समयमा पुरानै परम्परागत घोकन्ते शैलीबाट शिक्षण सिकाइ प्रभावकारी नहुने भन्दै अबका दिनमा बालबालिकालाई आइसिटिको उपयोग गरी सिकाइलाई थप व्यवस्थित, प्रभावकारी बनाउने बताए ।

उनले अबका दिनमा आइसिटिलाइ निरन्तरता दिनको लागि सहयोग गर्न सम्बन्धित निकायलाई अनुरोध गरे । कार्यक्रममा पूर्व विव्यस अध्यक्षहरूले विद्यालयले गरेको अभियानलाई सबै अभिभावकहरूले साथ सहयोग दिनुपर्ने बताए ।

पूर्व विव्यस अध्यक्ष चेत बहादुर सुनारले आफूहरू पढ्ने समयको स्मरण गर्दै अहिलेको युगमा प्रविधिको विकास तीव्र भएको खान्मा विद्यालयले यसको प्रयोगको लागि गरेको काम र अभियानले सिकाइमा नयाँ आयाम थपेको बताए । उक्त सहयोग रकमको खर्च विवरण समेत सार्वजनिक गरिएको थियो ।

Next Post

चक्रव्यूहमा फस्यो वीरेन्द्रनगरको चक्रपथ : म्याद थप हुनेमा आशङ्का !

३ आश्विन २०८०, बुधबार ०८:३१
कुलेन्द्र शाही, सुर्खेत । वीरेन्द्रनगरमा चक्रपथ निर्माण योजना सुरु भएको दुई दशक पुग्नै लाग्यो । तर, यसले कहिले पूर्णता पाउला भन्ने अनुमान कसैले गर्न सकेको छैन । एक हिसाबले भन्ने हो भने यो आयोजना नै चक्रव्यूहमा परेको प्रतीत हुन्छ । यति लामो समयसम्म पनि सडक निर्माण सम्पन्न हुनु त कहाँ […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031