सुर्खेत। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति सुर्खेतको ३९औँ जिल्ला परिषद बैठक वीरेन्द्रनगरमा सम्पन्न भएको छ। संगठनका अध्यक्ष डिलाराम भण्डारीकाे अध्यक्षता र राष्ट्रिय समिति सचिवालय एवम् तालिम विभाग प्रमुख कृष्णप्रसाद भट्टराईकाे प्रमुख आथित्यतामा भएको बैठकमा पहिलोपटक पार्टीलाई अन्देखा गरि सम्पन्न भएको हाे।
एमाले पार्टीको मुख्य जन-बर्गीय संगठनले ईतिहासमै पहिलोपटक पार्टीका कुनैपनि नेतालाई आमन्त्रण नगरी बैठक सकेको छ। पार्टीका प्रदेश ईन्चार्ज यमलाल कँडेल, केन्द्रीय सदस्यहरु र प्रदेश कमिटीका अधिकांश पदाधिकारी सुर्खेतमै रहँदा पनि एमाले पार्टीलाई शिक्षक संगठनकाे परिषद् बैठक भएको थाहा दिईएन।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका उपाध्यक्ष माेहाेन बडुवालले शिक्षक संगठनकाे कार्यक्रममा आफुहरुलाई नबाेलाईएकाे वताए। एमालेकाे घटक संगठन भएपनि किन बाेलाईएन भन्ने बारेमा जानकारी लिने उनको भनाई छ। पहिले वामपन्थी, प्रगतिशील र देशभक्तहरुकाे संगठन मान्दै अन्य बामपंथी आस्थावान शिक्षकहरु संगठित भएपनि पछिल्लोसमय एमाले आस्थावान शिक्षकहरु मात्रै रहेको उल्लेख गरे।
अमरज्याेति माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक नेता खगेन्द्र थापाले शिक्षक संगठन एमाले पार्टीको पेशागत संगठनकाे एक घटक संगठन भएको वताए। आफुलाई पनि कार्यक्रमा निमन्त्रणा आएकाे तर व्यस्तताका कारण सहभागी हुन नसकेको उनलेे प्रतिकृया दिए। उनले भने, “एमाले पार्टीका हरेक गतिविधिहरुमा शिक्षक संगठनकाे साथ र समर्थन रहदै आएकाे छ। यसपटक डराएर नबाेलाएका हाेलान !”
नेपाल शिक्षक संगठनका पूर्व सचिव डण्डी प्रसाद शर्माले पार्टीका नेतालाई किन खबर गरेनन भन्ने आफुलाई जानकारी नभएको प्रतिकृया दिए। उनलेे विगतमा पार्टीकै जनसंगठनकाे जस्तो भूमिकामा संगठन परिचालित भएपनि सिद्धान्तत: स्वतन्त्र पेशागत संगठन नै भएको वताए। उनलेे पार्टीलाई आवश्यक्ता पर्दा भाेट दिने तर सकृय राजनीतिमा नरहने शुभेच्छुक संगठनका रुपमा रहन सके यसको मर्यादा बढ्ने वताए।
पार्टीका कुनैपनि नेता सहभागी नभएको बैठकले सङ्गठनकाे एक वर्षमा भएका गतिविधिकाे समिक्षा तथा आगामी एक वर्षमा गरिने कृयाकलापहरुकाे याेजना तर्जुमा ,सम-सामयिक प्रस्तावहरु पास गरेको संगठनका अध्यक्ष डिलाराम भण्डारीले सामाजिक संजाल मार्फत जानकारी गराएका छन।
उनलेे उत्कृष्ट कार्य सम्पादन गर्ने प्रअहरु,पालिकाहरु तथा निवृत्त शिक्षकहरुलाइ सम्मान गरेकाे र कार्यसम्पादनमा उत्कृष्ट हुँने वीरेन्द्रनगर र चिङगाडकाे सम्पूर्ण टिमलाई सम्मान गरेको छ। बैंठकले मञ्जु सुनार,हरिबहादुर बुढा र रुद्र बहादुर खत्रीलाई सम्मान गरेको छ।