२०८३ कात्तिक १५ , शनिबार

डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार



जगदिश शाही

डोल्पा। जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका छन्।

प्राप्त जानकारीअनुसार, आज बिहान करिब ६ बजेको समयमा कैदीबन्दीको नियमित गणना गर्ने क्रममा संख्या अपुग भएपछि उनीहरू फरार भएको खुलेको हो।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले आठ जना कैदीबन्दी फरार भएको पुष्टि गरेकी छन्। उनका अनुसार घटनाबारे जानकारी पाएपछि कारागारको सीसीटीभी फुटेज अध्ययन गर्ने काम भइरहेको छ।

‘अहिले सीसीटीभी हेरिरहेका छौँ,’ प्रमुख जिल्ला अधिकारी हमालले भनिन्, ‘थप विवरण अध्ययन गर्दैछौँ। ’घटनाको वास्तविक कारण, कैदीबन्दी फरार भएको स्थान तथा उनीहरू कसरी सुरुङ खनेर बाहिर निस्किए भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। फरार कैदीबन्दीको खोजी तथा घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार