जगदिश शाही
बाजुरा । बाजुरास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिका मन्दिरको दर्शन गरी फर्कने क्रममा बाटो बिराएर अलपत्र परेका युवाको नेपाली सेनाले हवाई उद्धार गरेको छ।
बडिमालिका क्षेत्रको कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण गन्तव्यतर्फ फर्कन कठिनाइ भएपछि सेनाको हवाई साधन परिचालन गरी उनीहरूको उद्धार गरिएको हो।
उच्च हिमाली क्षेत्रमा पर्ने बडिमालिका क्षेत्रमा मौसममा आउने प्रतिकूल परिवर्तन तथा हिमपातका कारण तीर्थयात्री र पर्यटकलाई आवागमनमा समस्या हुने गरेको छ।
बडिमालिका क्षेत्रमा यात्रा गर्ने तीर्थयात्री तथा पर्यटकलाई मौसमको अवस्था र भौगोलिक परिस्थितिबारे जानकारी लिएर आवश्यक सुरक्षा सतर्कतासहित यात्रा गर्न आग्रह गरिएको छ।
प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार